FAQs Complain Problems

गाउँपालिका परिचय

नेपालको पूर्व क्षेत्रमा अवस्थित मोरङ जिल्लाको उत्तर तर्फ पर्ने केराबारी गाउँपालिका को उत्तरमा  धनकुटाको  साँगुरीगडी र चौबिसे गाउँपालिका दक्षिण तर्फ कोशी हरैचा र बेलबारी नगरपालिका, पश्चिम तर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका र पूर्व तर्फ लेटाङ नगरपालिका रहेका छन । यस केराबारी गाउँपालिकाको कुल क्षेत्रफल २१९.८३  बर्ग कि.मि रहेको छ।

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, मगर,दमाई, कामी, तामाङ, गुरुङ, आदिको वाहुल्यता पाईन्छ ।बिगत धेरै  बर्ष देखि केराबारी गाउँपालिकामा मंगलबार  हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

यस गाउँपालिकामा साविक का १०  वटा वडाहरु छन् ।

 साविक पाटी गा।वि।स। वडा नं। १–९    केराबारी गापा वडा नं। १

 साविक सिंहदेवी गा।वि।स वडा नं १–९    केराबारी गापा वडा नं। २

  साविक लेटाङभोगटेनी न।पा।वार्ड नं। १ र केराबारी ४  केराबारी गापा वडा नं। ३

  साविक याङशिला गा।वि।स। १–४, ६, ७     केराबारी गापा वडा नं। ४

  साविक याङशिला गा।वि।स। वडा नं। ५ र ८    केराबारी गापा वडा नं। ५

 साविक याङशिला गा।वि।स। वडा नं ९ र केराबारी ७    केराबारी गापा वडा नं। ६

 साविक केराबारी गा।वि।स। वडा नं। ६ र ८     केराबारी गापा वडा नं। ७

 साविक केराबारी गा।वि।स। वडा नं।  २ र ५     केराबारी गापा वडा नं। ८

  साविक केराबारी गा।वि।स। वडा नं। ९     केराबारी गापा वडा नं। ९

  साविक केराबारी गा।वि।स। वडा नं। १ र ३     केराबारी गापा वडा नं। १०

यहाँका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू

  जेफाले भ्युटावर तथा होमस्टे   केराबारी–२, सिंहदेवी 

 ओख्रे भ्युटावर  केराबारी–४, ओख्रे, याङशिला

  ध्वजेडाँडा       केराबारी–१, पाटीगाउं

  सप्तकन्या गुफा केराबारी–४, याङशिला

 महादेव–पार्वती गुफा  केराबारी–१, पाटीगाउं  आदि हुन्