FAQs Complain Problems

केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र उपाध्यक्ष श्री मनमाया मगर ज्यू ।

Read More

केराबारी गाउँपालिकाको बस्तुगत बिवरण

यस केराबारी गाउँपालिको गठन साविक केराबारी, याङशिला, पाटी र सिंहदेवी गाविसका सबै वार्डहरु र लेटाङ भोगटेनी नपा को वार्ड नं. १  समावेश गरी मिति २०७३ साल फागुनमा भएको हो । २१९.८३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकामाको केन्द्र साविक केराबारी गाविस वार्ड नं.१ (हाल केराबारी गापा वार्ड नं. १०) मा रहेको छ । ८६८३ कुल घरधुरी रहेको यस गाउँपालिकाको जनसंख्या ३०४३१ रहेको छ । १० वटा वडाहरुमा विभाजित रहेको यो गाउँपालिकाको पुर्वमा लेटाङ नपा, पश्चिममा सुनसरी जिल्लाको धरान उमनपा, उत्तरमा धनकुटा जिल्लाको चौविसे र साँगुरीगढी गाउँपालिका र दक्षिणमा सुन्दरहरैचा र बेलबारी नपाहरु पर्दछन । समुन्द्र सतहबाट ७५ देखि २४१० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिकाको कुल साक्षरता ६५.४० प्रतिशत रहेको छ । जेफाले भ्यु टावर, सि‌ंहदेवी, महादेव-पार्वती गुफा, पाटी,  सप्तकन्या गुफा, याङशिला तथा ओख्रे भ्यु टावर, पाटी जस्ता पर्यटकीय स्थलहरु रहेको यस गाउँपालिकाको धेरै जसो भुभाग पहाडी डाँडाकाँडाहरुले ढाकेको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष
प्रवक्ता / कार्यपालिका सदस्य

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत / गुनासो सुन्ने अधिकारी
सूचना अधिकारी/ सुचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव र कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १० कठ्ठा/रोपनी सम्मको रु. ३००, १० कठ्ठा/रोपनी भन्दा माथी रु. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरिकताको प्रतिलिपि ५) चालु आ. व.को सम्पति/भुमि कर तिरेको रसीद ६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेकाहकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

जानकारी