मिति २०८०/१०/०५ गतेका दिन केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सुवास श्रेष्ठज्यूको अध्यक्षतामा भएको कार्यक्रममा बिधालयमा अध्ययनरत र बिधालय बाहिर रहेका १० बर्ष देखि १९ बर्ष उमेर समूह भित्रका किशाेरीहरूलाई रक्तअल्पता न्युनिकरण गर्नका लागि साप्ताहिक रूपमा आईरन चक्कि तथा फाेलिक एसिड खुवाउने अभियान संचालनका लागि विद्यालयका महिला शिक्षक तथा स्वास्थ्यकर्मीहरूलाई अभिमुखि कार्यक्रम सम्पन्न भयो । २०८० साल माघ महिना देखिनै अभियान संचालन गरिने भएकाेले सबै अभिवावक ज्युहरूमा आफ्ना ननीहरूले चक्कि खाएकाे सुनिस्चित गर्नहुन हार्दिक अनुराेध छ ।