आज मिति २०८३।०३।२२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा केराबारी गाउँपालिकाको सुशासन, सामजिक उत्तरदायित्व, पारदर्शिता एवम जवाफदेहिताको लागि गाउँ कार्यपालिकाको कार्यालय रअन्तर्गतका कार्यालयहरुवाट चालु आ.व. २०८२।०८३ मा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू,वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु एवं केराबारी गाउँपालिकावासी महानुभावहरुको उपस्थिति रहेको थियो
मिति २०८३।०३।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशनमा आ.व. २०८३।०८४ को बजेट सम्बन्धी विनियोजन ऐन पेश साथै स्वीकृत भएको छ । बजेट वक्तव्य केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले प्रस्तुत गर्नु भएको थियो ।
आज मिति २०८३।०२।२७ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँसभाको १८औं अधिवेशनमा आ.व.२०८३।०८४ को नीति तथा कार्यक्रम पेश भई स्वीकृत भएको छ ।
आज मिति २०८३।०२।२१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा केराबारी गाउँपालिकाको सुशासन, सामजिक उत्तरदायित्व, पारदर्शिता एवम जवाफदेहिताको लागि गाउँ कार्यपालिकाको कार्यालय रअन्तर्गतका कार्यालयहरुवाट चालु आ.व. २०८२।०८३ मा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू,वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु एवं केराबारी गाउँपालिकावासी महानुभावहरुको उपस्थिति रहेको थियो ।
आज मिति २०८१।१२।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँसभाको १७औं अधिवेशन संचालन भई समापन भएको छ ।
आज मिति २०८२।११।१७ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको विशिष्ट आतिथ्यतामा १ महिने हलुका सवारी चालक ड्राइभिङ तालिमको समापन तथा सवारी चालक अनुमति-पत्र वितरण सम्पन्न भएको छ । १०९ जनाले ड्राइभिङ प्रशिक्षण तालिम प्राप्त गर्नु भएको छ भने ८८ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गर्नु भएको छ । यस तालिम केराबारी गाउँपालिकाको आर्थिक सहयोग तथा दुर्गा ड्राइभिङ सेन्टर सुन्दरहरैचाको प्राविधिक सहयोगमा संचालन भएको हो ।
आज मिति २०८२।०९।०९ गते नेपाल सरकारका माननीय अर्थ , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री रामेश्वरप्रसाद खनालज्यूको प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू अध्यक्षतामा भएको औपचारिक कार्यक्रमवाट साविक करदाता सेवा कार्यालयवाट प्रदान हुदै आएका सेवा केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयवाट प्रवाह गर्ने कार्यको शुभारम्भ भएको छ । उक्त कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव (राजश्व) श्री भूपाल बरालज्यू,सहसचिव श्री उत्तर कुमार श्रेष्ठज्यू लागायत सम्बन्धित मन्त्रालय, कार्यालयका पदाधिकारीज्यूहरु, कर्मचारीज्यूहरु, केराबारी गाउँपालिका उपाध्यक्ष श्
आज मिति २०८२।०४।१९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा आ.व. २०८१।०८२ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु , विषयगत शाखा प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु,स्वास्थ्य संस्था प्रमुखज्यूहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा क्रमशः स्वास्थ्य संस्था प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु र विषयगत शाखा प्रमुखज्यूहरुले आफ्नो संस्था, वडा तथा शाखाको आ.व. २०८१।०८२ को वार्षिक प्रगति प्रस्तुति गर्नु भएको थियो ।
आज मिति २०८२।०३।१० गते केराबारी गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षता मा " स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप तथा सरसफाई सुनिश्चितता हाम्रो प्रतिवद्धता" नारा सहित केराबारी गाउँपालिकालाई पूर्ण खोप तथा सरसफाई सुनिश्चित पालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू, सम्पुर्ण जनप्रतिनिधिज्यूहरु, कर्मचारीज्यूहरु, स्वास्थ्य संस्था प्रमुखज्यूहरु तथा स्वयंसेविकाज्यूहरुको उपस्थिति रहेको थियो ।
आज मिति २०८२।०३।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको १६ औं अधिवेशनको दोश्रो दिन आ.व. २०८२।०८३ को बजेट सम्बन्धी विनियोजन ऐन पेश साथै स्वीकृत भएको छ । बजेट वक्तव्य केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले प्रस्तुत गर्नु भएको थियो ।