आज मिति २०८०/१०/०७ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका भित्र रहेका विभिन्न वडाका ५६ जना कृषकहरुलाई "कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत मागमा आधारित ७५ प्रतिशत अनुदानमा स-साना कृषि औजार उपकरण तथा कृषि सामाग्री सेट वितरण गर्ने कार्य भएको छ । उक्त सेटमा टमाटरको पत्ता काट्ने औजार-१ थान, फोल्डिङ आरा-१ थान, आधुनिक दाँते कुटे-१ थान, कर्मी-१ थान, पन्जा-१ जोड, मकै छोडाउने औजार-१ थान, तिन दाँते औजार-१ थान, १० दाँते औजार-१ थान गारि जम्मा ८ थान कृषि औजार रहेको थियो ।
आज मिति २०८०।१०।०२ गते “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौ,भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने नारा सहित २६औं भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामुलक र्याली, अन्तरक्रिया एवं विज्ञहरुवाट प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको गर्नु भएको थियो भने प्रमुख आतिथ्यता मनमोहन प्राविधिक विश्वविद्यालयका डिन डा.
आज मिति २०८०।१०।०१ गते केराबरी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू को प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको विशिष्ट आतिथ्यतामा माघे सङ्क्रान्ती तथा मगरहरुको राष्ट्रिय पर्व माघ्या सकराटीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिकामा रहेका सम्पुर्ण वडाहरुको हुर्रा नाच प्रदर्शन भएको थियो । कार्यक्रम नेपाल मगर संघ केराबारी गाउँपालिका समन्वय समितिको आयोजनामा भएको थियो ।
आज मिति २०८०।०९।२९ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन सम्पन भएकोछ । समापन समारोहको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः राष्ट्रपति रनिङ प्रतियोगिता निर्देशक समितिका संयोजक श्री शरण थापा मगरज्यू, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो । कार्यक्रममा गाउँकार्यपालिका र गाउँ शिक्षा समितिका पदाधिकारीहरु, सामुदायिक र संस्थागत विद्यालयका प्रअ/प्रिन्सिपलहरु, शिक्षकका पेशागत संघ संगठनका पदाधिकारीहरु लगायतका महानुभावहरुको समेत उपस्थित रहेको थियो । खेलको विभिन्न विधामा विजयी विद्यार्थि खेलाडीहरुलाई पुरस्कार वितरण भ
आज मिति २०८०।०९।२७ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकोछ । समुदघाटन समारोहको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः राष्ट्रपति रनिङ प्रतियोगिता निर्देशक समितिका संयोजक श्री शरण थापा मगरज्यू, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो । कार्यक्रममा गाउँकार्यपालिका र गाउँ शिक्षा समितिका पदाधिकारीहरु, सामुदायिक र संस्थागत विद्यालयका प्रअ/प्रिन्सिपलहरु, शिक्षकका पेशागत संघ संगठनका पदाधिकारीहरु लगायतका महानुभावहरुको गरिमामय उपस्थित रहेको थियो । रनिङ शिल्ड प्रतियोगिता यहि पुष २९ गतेसम्म सञ्चालन हुनेंछ । राष्ट्र
आज मिति २०८०।०९।२४ गते केराबारी गाउँपालिका स्तरीय अन्तर वडा खेलकुद प्रतियोगिता २०८० समापन भएको छ । उक्त समापन कार्यक्रमको अध्यक्षता, प्रमुख आतिथ्यता र विशेष आतिथ्यता क्रमशः केराबारी गाउँपालिका खेलकुद विकास समिति संयोजक श्री शरण थापा मगरज्यू, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो । उक्त खेलकुद प्रतियोगिता ९ दिन सम्म चलेको थियो । खेलमा पुरुष तथा महिला फुटबल र पुरुष तथा महिला भलिवल प्रतियोगिता संचालन भएको थियो । उक्त अवसरमा विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।
आज मिति २०८०।०९।१८ गते केराबारी गाउँपालिकाको पर्यटन विकास र सम्भावना विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता र विशेष आतिथ्यता क्रमशः केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रम केराबारी काठमाण्डौ सम्पर्क समाज, काठमाण्डौको आयोजना र सेन्टर फर रिसर्च इन टुरिजम प्रा.लि.को सहजिकरणमा भएको थियो ।
आज मिति २०८०।०९।१६ गतेबाट केराबारी गाउँपालिका स्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता २०८० शुभारम्भ भएको छ । आज भएको उद्घाटन समारोहको अध्यक्षता केराबारी गाउँपालिका खेलकुद विकास समिति संयोजक श्री शरण थापा मगरज्यूले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो ।
आज मिति २०८०।०९।०१ गते केराबरी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा आ.व.२०८०।०८१ को प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू,वडा अध्यक्षज्यु,कार्यपालिका सदस्यज्युहरु, प्रवक्ताज्यू, लगायत शाखा प्रमुख तथा वडा सचिवज्यूहरुको उपस्थिति थियो ।
आज मिति २०८०।०८।२२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा प्रारम्भिक बालशिक्षकहरुको लागि ५ दिने क्षमता विकास (मन्टेश्वरी) तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, प्रवक्ताज्यू लगायतको उपस्थिति थियो ।