आज मिति २०८१।११।१३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीका साथ आउनुहुने श्री जयराम श्रेष्ठज्यूलाई हार्दिक स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू , वडा अध्यक्षज्यूहरु तथा कार्यपालिका सदस्यज्यूहरु लगायत कर्मचारीज्यूहरुको उपस्थिति थियो ।