FAQs Complain Problems

ग्यालरी

आज मिति २०८०।०८।१८ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा "लैङ्गिक हिंसा अन्त्यको सनिश्चितताः महिला र वालवालिकामा लगानीको ऐक्यबध्दता" मुल नारा सहित लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको अवसरमा महिला र पुरुष विच समविकास कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यू , प्रवक्ताज्यू लगायतको उपस्थिति थियो ।

मिति: 12/04/2023 - 17:27
, , , , , , , , , ,

आज मिति:२०८०/०८/१८ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा प्रारम्भिक बाल शिक्षकहरुको लागि ५ दिने क्षमता बिकास ( मन्टेश्वरी ) तालिमको को शुभारम्भ भएको छ। उक्क कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यू प्रवक्ताज्यू लगायतको उपस्थिति थियो ।

मिति: 12/04/2023 - 17:08
, , , , , , , , , , ,

आज मिति २०८०।०८।१७ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा " ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा केराबारी गाउँपालिका क्षेत्र भित्र मध्ये वडा नं ३,८ र १० रहेका १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण भएकोछ । अन्य वडामा पुन वितरणको काम हुनेछ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु लगायतको उपस्थिति थियो ।

मिति: 12/03/2023 - 17:30
, ,

आज मिति २०८०।०८।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका वडा नं १० का ६ टोलहरुमा गरीएको स्वास्थ्य अवस्था सम्बन्धी सर्वेक्षण प्रस्तुत भएकोछ । प्रस्तुति कोशी हेल्थ कलेजको आयोजनामा भएको थियो । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा १० का जनप्रतिनिधिज्यूहरु लगायत कर्मचारीज्यूहरुको उपस्थिति थियो ।

मिति: 11/26/2023 - 23:30
, , ,

आज मिति २०८०।०८।०५ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा आ.व. २०७९/०८० को पोषण कार्यक्रमको पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएकोछ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमायामगरज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, प्रवक्ताज्यू, सम्बन्धित शाखा प्रमुखज्यूहरु, स्वास्थ्य संस्था प्रमुखज्यूहरु, स्वयंसेविकाज्यूहरु लगायतको उपस्थिति थियो ।

मिति: 11/21/2023 - 16:24
, , , ,

आज मिति २०८०।०७।२४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका भित्र रहेका २७ फुटबल क्लबहरुलाई जर्सि सेट र फुटबल वितरण गरिएकोछ । साथै भलिबल, क्रिकेट क्लबहरलाई खेलजन्य सामाग्री पुनः वितरण गर्ने कार्यक्रम रहेकोछ ।उक्त अवसरमा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठज्यू, सामाजिक विकास समिति संयोजक शरण थापा मगरज्यू लगायतको उपस्थिति भएको थियो ।

मिति: 11/10/2023 - 13:41
, , , , ,

मिति २०८०।०७।२१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र धरान उप-महानगरपालिका प्रमुख श्री हर्कराज राईज्यू विच केराबारी गाउँपालिकाको सभाहलमा अनौपचारिक रुपमा खानेपानी लगायत समसामायिक विषयमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएकोछ ।

मिति: 11/08/2023 - 16:40
, ,

आज मिति २०८०।०७।२२ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा वैदेशिक रोजगारीवाट फर्कीएका व्यक्ति तथा परिवारले भोग्नु परेका सामाजिक समस्या उपर छलफल सम्पन्न भएकोछ ।

मिति: 11/08/2023 - 16:30
, , ,

आज मिति २०८०।०७।१७ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको प्रमुख आतिथ्यतामा लैगिंक समानता तथा सामाजिक समावेशी नीती सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रम ओरेक नेपालकोआयोजना तथा केराबारी गाउँ कार्यपालिकाको समन्वयमा भएको थियो ।

मिति: 11/03/2023 - 15:19
, , ,

Pages