आज मिति २०८०।१०।२२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा तथा उपाध्यक्ष श्री मनमाया मगरज्यूक उपस्थितिमा उपभोक्ताहरुको लिखित गुनासोको आधारमा केहि दिन यता बढ्दो मासुजन्य खाद्य पदार्थको मूल्य, खरिद र विक्रिका सम्बन्धमा गाउँपालिकाका सरोकारवालाहरुको उपस्थितिमा मासुजन्य पदार्थको अनिवार्य मूल्यसूचि हुनु पर्ने, मासुजन्य पदार्थको मूल्य निर्धारण गर्न समिति गठन, मूल्यमा एकरुपता लागू गर्ने साथै सुगुरको मासुको बिगत १ बर्षमा १६० रुपैयाले वृद्धि भई ४६० भएकोमा मूल्य प्रति के.जी ४२० मिति २०८० माघ २९ गते मंगलबारबाट लागुहुने गरि कायम गरिएको छ ।