आज मिति २०८० वैशाख १३ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा मापदण्ड सम्बन्धि पालिका स्तरिय अभिमुखिकरण तथा योजना तथा बजेट निर्माणमा लैङ्गिक समानता र सामाजिक समावेशिकरण ( GESI) सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष ज्यूहरु, स्वास्थ्य संस्था प्रमुख तथा सम्बन्धित शाखा प्रमुखहरुको उपस्थिति थियो ।
ज मिति २०८०।०१।०६ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको संयोजकत्वमा केराबारी गाउँपालिका क्षेत्र भित्र रहेका तप र छुट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय-पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा रातो २ वटा, निलो ७ वटा, पहेलो १ वटा र सेतो १ वटा गरी जम्मा ११ वटा अपाङ्गता परिचय-पत्र वितरण भएको छ ।
केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू, उपाध्यक्ष श्री मनमाया मगर ज्यू तथा केराबारी गाउँपालिका परिवारको तर्फवाट सम्पुर्णमा नववर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना ।
आज मिति २०७९।१२।२७ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई पुर्नताजकी तालिम सुभारम्भ भएको छ । उक्त कार्यक्रम २०७९।१२।३० गते बिहिवार सम्म संचालन हुनेछ ।
आज मिति २०७९।१२।२५ गतेवाट केराबारी गाउँपालिका वडा स्तरीय खेलकुद कार्यक्रम २०७९ समापन भएको छ । आज भएको समापन कार्यक्रमको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमश केराबारी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष श्री शरण थापा मगर ज्यू, प्रदेश सभा सदस्य माननीय श्री खड्ग वहादुर वस्नेत ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रम विभिन्न खेलका विजेता खेलाडीहरुलाई पुरस्कार वितरण भएको थियो ।
आज मिति २०७९।१२।२४ गते केराबारी गाउँपालिकाको आयोजना, वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, के.एच.डि.सि. नेपाल, आम्दा, नेपाल क्षयरोग निवारण संस्थासंगको सहकार्यमा वृहत स्वास्थ्य शिविर संचालन भई सम्पन्न भएकोछ । शिविर समुद्घाटन समारोहको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमश केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू, राष्ट्रिय सभा सदस्त तथा संसदिय दल नेता ( नेकपा एमाले ) माननिय श्री देवेन्द्र दाहाल ज्यू, प्रदेश सभा माननिय श्री खड्ग वहादुर बस्नेत ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो ।
आज मिति २०७९।१२।१७ गतेवाट केराबारी गाउँपालिका वडा स्तरीय खेलकुद कार्यक्रम २०७९ सुभारम्भ भएकोछ । आज भएको समुदघाटन कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष श्री शरण थापा मगर ज्यूले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रम २०७९।१२।२५ गते सम्म संचालन हुनेछ ।
आज मिति २०७९।१२।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा विश्व क्षयरोग दिवसको उपलक्ष्यमा केराबारी गाउँपालिका क्षेत्र भित्र रहेका नियमित औषधि सेवन गरी क्षयरोग मुक्त हुनुहुने तथा क्षयरोगको नियमित औषधि सेवन गर्नुहुने व्यक्तिहरुलाई सम्मान तथा उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०७९।१२।०२ गते केरबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षसंग सुरक्षित सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत केराबारी गाउँपालिका भित्र स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुने आमाहरुलाई विभिन्न प्रोत्साहन सामाग्री प्याकेज वितरण गर्ने कामको सुभारम्भ गरियो ।
आज मिति २०७९।११।२४ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा ११३ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा श्रमिक महिलाहरु विच १ दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।