FAQs Complain Problems

ग्यालरी

केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको १२ औं अधिवेशन आज मिति २०८०।०३।०८ गते समापन भएको छ ।

मिति: 06/23/2023 - 23:06
,

आज मिति २०८०।०३।०७ गते वाट केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको गाउँ सभाको १२ औं अधिवेशन शुभारम्भ भएको छ । उक्त सभामा आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम पेश भएको छ ।

मिति: 06/22/2023 - 19:58
, , , ,

आज मिति २०८०।०३।०६ गते क्षयरोग मुक्त पालिका अभियान अन्तरगत केराबारी गाउँपालिका क्षेत्र भित्र रहनुभएका नियमित औषधि सेवन गर्नुहुने १३ क्षयरोग बिरामीहरुलाई चामल, दाल, तेल लगायत अन्य पौष्टिक आहार वितरण गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका १० नं वडा अध्यक्ष श्री पुर्ण वहादुर मगर ज्यूले गर्नु भएको थियो ।

मिति: 06/21/2023 - 20:15
, ,

आज मिति २०८०।०३।०१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचीङ ज्यूको अध्यक्षतामा किटजन्य रोग ( औलो, डेङ्गु, स्क्रव टाइफस आदी) नियन्त्रण तथा रोकथामका लागि बहुनिकाय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा जनप्रतिनिधीज्यूहरु, स्वास्थ्य संस्था प्रमुखज्यू लगायतको उपस्थिति थियो । उक्त कार्यक्रम केराबारी गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय कोशी प्रदेशको सहजिकरणमा भएको थियो ।

मिति: 06/16/2023 - 20:54
,

आज मिति २०८०।०२।३२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षता तथा कोशी प्रदेश, प्रदेश सभा सदस्य माननिय श्री खड्ग वहादुर बस्नेत ज्यूको प्रमुख आतिथ्यतामा आ.व.२०८०।०८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा निवर्तमान जनप्रतिनिधि ज्यू तथा वर्तमान जनप्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो ।

मिति: 06/15/2023 - 16:48
, ,

मिति २०८०।०२।३० गते केराबरी गाउँपालिका वडा नं ७ मुगुस्थित जनता सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा सञ्चालन भएको एक हप्ते पत्रकारिता तालिमको समापन भएको छ। उक्त समापन कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नु भएको थियो ।

मिति: 06/14/2023 - 12:44
,

मिति २००।०२।३० गते केराबारी गाउँँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका वडा नं ८ का ४ जना पशुपालक कृषकहरुलाई जम्मा ४ वटा बोयर जातका विउ बोका वितरण गरिएको छ । उक्त वितरण कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत भएको हो ।

मिति: 06/14/2023 - 12:43
,

आज मिति २०८०।०२।१६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा आ.व. २०८०।०८१ को लगि राष्ट्रिय राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुसंग छलफल, अन्तरक्रिया तथा सुझाव संकलन कार्य भएको छ ।

मिति: 05/30/2023 - 17:40
,

आज मिति २०८०।०२।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सङ्घीय मामिला माहाशाखा प्रमुख सह-सचिव श्री स्किम श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा आगामी आ.व.

मिति: 05/23/2023 - 18:42
, , , , ,

आज मिति २०८०।०२।०७ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीका साथ आउनुहुने श्री विनोद भट्टराई ज्यूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू , वडा अध्यक्ष ज्यूहरु तथा कार्यपालिका सदस्य ज्यूहरु र कर्मचारीहरुको उपस्थिति थियो ।

मिति: 05/21/2023 - 22:54
, , , ,

Pages

//