FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९।०४।३० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यूको उपस्थितिमा केराबारी गाउँपालिका क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय-पत्र वितरण सिविर संचालन भएको छ । उक्त शिविरमा ९ वडा निलो कार्ड तथा १ वटा सेतो कार्ड वितरण भएको थियो । साथै शिविरमा अपाङ्गता भएका व्यक्तिहरुलाई ट्राइसाइकल १ थान, ह्विलचेयर १ थान, एल स्टिक १ थान, डाइपर २ प्याकेट, वाकर १ थान र हेयरिङ एड १ थान वितरण गरिएको थियो । आज अनुपस्थित हुनु भएका अपाङ्गता भएका व्यक्तिहरुलाई वडा स्तरमा गई आवश्यक सहायक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

मिति: 08/15/2022 - 20:49
, , , , , , , , , , , , ,

आज मिति २०७९।०४।२५ गते केराबारी गाउँपालिकाको बजार अनुगमन समितले केराबारी बजार क्षेत्रका विभिन्न पसलहरुमा खाद्यान्न समाग्रीहरुको अनुगमन तथा निरिक्षण गरेको छ । म्याद गुज्रेका खाद्यान्न सामाग्रीहरुलाई सुरक्षित स्थानमा नस्ट गरिएको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन नियमित बाहेक देश भरि एकै दिन र एकै समयमा संयुक्त अनुगमन कार्य संचालन भएको हो । आगमि दिनमा नियमित रुपमा बजार अनुगमन गरिनेछ ।

मिति: 08/10/2022 - 22:49
, , , , ,

एन आई सि एसिया बैक केराबारी शाखासंगको समन्वयमा "वडा स्तरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम" को शुभारम्भ मिति २०७९/०४/२१ गते शनिबारका दिन केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्युले केराबारी गाउँपालिका १ नं. वडा कार्यालय पाटीबाट शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा उपाध्यक्ष श्री मनमायाँ मगरज्यु र प्रवक्ता श्री नारायण प्रसाद भुजेलज्युको समेत उपस्थिति रहेको थियो ।यस कार्यक्रमलाई निरन्तर रूपमा पालिकाका अन्य वडाहरूमा समेत बैक संगको समन्वयमा बिस्तार गरी नियमितता दिने प्रतिबद्दता समेत अध्यक्ष ज्युले मन्तब्यको क्रममा ब्यक्त गर्नुभएको थियो ।

मिति: 08/07/2022 - 16:15
, , , , , , , ,

आज मिति २०७९।०४।१८ गते देखी केराबारी पालिका अस्पतालमा फिजियोथेरापी सेवा तथा दैनिक OPD सेवा विहान ६ बजे देखि बेलुका ६ बजे सम्म ( १२ घण्टा) सेवा प्रवाहको शुभारम्भ भएको छ । उक्त स्वास्थ्य सेवा प्रवाहको समुद्घाटन केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्युले गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा नं ७ अध्यक्ष श्री खगेन्द्र प्रसाद निरौला ज्यू, ८ नं वडा अध्यक्ष श्री कमल कुमार बस्नेत ज्यू, १० वडा अध्यक्ष श्री पुर्ण वहादुर मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यू लगाएत सम्पुर्ण स्वास्थ्यकर्मिहरुको उपस्थितिमा गर्नु भएको थियो ।

 

मिति: 08/03/2022 - 17:17
, , ,

आज मिति २०७९।०४।१५ गते केराबारी गाउँपालिका आर्थिक विकास समितिका संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यूको विशिष्ट आतिथ्यतामा केराबारी गाउँपालिकामा क्रियाशिल सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरूका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) संचालन सम्बन्धी क्षमता अभिवृद्वी सम्बन्धि ४ दिने तालिमको समापन भएको छ ।

मिति: 07/31/2022 - 17:37
, , , , , , , , , , , , , , , , ,

आज मिति २०७९।०४।१२ गते केराबारी गाउँपालिका आर्थिक विकास समितिका संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा केरावारी गाउँपालिकामा क्रियाशिल सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरूका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) संचालन सम्बन्धी क्षमता अभिवृद्वी तालिम सुचारु भएको छ । उक्त कार्यक्रम ४ दिन सम्म केराबारी गाँउपालिकाका २२ वटा सहकारीकाे सहभागीतामा संचालन हुनेछ ।

मिति: 07/28/2022 - 16:39
, , , , , , , , ,

आज मिति २०७९।०३।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षतामा संचालन भएको गाउँसभाको दशौं अधिवेसन पहिलो वैठकमा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले आ.व. २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उक्त निति तथा कार्यक्रम सभाले स्वीकृत गरेको छ । भोलि मिति २०७९।०३।१० गते दोश्रो वैठकमा आ.व. २०७९।०८० को विनियोजन ऐन र आर्थिक ऐन प्रस्तुत हुने भएको छ ।

मिति: 06/28/2022 - 12:16
, , , , , , , ,

आज मिति २०७९।०३।१३ गते केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको सभाहलमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्ला स्तरिय समन्वय समिति मोरङले केराबारी गाउँपालिकाका रुजु अधिकारीहरुको लागी एक दिवशिय अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा मोरङ प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहाल ज्यू, केराबरी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूहरुले क्रमश अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता गर्नु भएको थियो ।

मिति: 06/27/2022 - 22:57
, , , , , , , ,

आज मिति २०७९।०३।०६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा आगामि आ.व. २०७९।०८० को लागि निति तथा कार्यक्रमको विषयमा छलफल भएको छ । उक्त कार्यक्रममा सरोकारवालाहरुले लिखित, मौखिक तथा सामाजिक संजाल मार्फत दिनु भएको राय सूझाव सल्लाहको विषयमा समेत महोत्वपुर्ण छलफल भएको छ ।

मिति: 06/21/2022 - 15:00
, , ,

केराबारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बाल विवाह न्युनिकरण सम्बन्धि माध्यमिक विद्यालय स्तरका विद्यार्थिहरुसंग वाल विवाह सम्बन्धि १ दिवसीय सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । संचालन मिति २०७९ असार १ गते देखि असार ५ गते सम्म ।
संचालन भएको स्थानः
सावित्री मा.वि. केराबारी गाउँपालिका वडा नं ५ ।
मच्छिन्द्र मा.वि. केराबारी गाउँपालिका वडा नं ८।
वुद्ध मा.वि. केराबारी गाउँपालिका वडा नं ९ ।
लक्ष्मि मा.वि.केराबारी गाउँपालिका वडा नं ९ ।

मिति: 06/20/2022 - 19:03
, , , , , ,

Pages