केराबारी गाउँपलिकाको आयोजनामा नब निर्वाचित प्रतिनिधि सभा सदस्य माननिय श्री डिक वहादुर लिम्बु ज्यू र प्रदेश सभा सदस्य माननिय श्री खड्ग वहादुर बस्नेत ज्युलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नुभएको थियो । कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा अध्यक्ष ज्यूहरु, स्थानीय राजनितिक दल प्रमुख/प्रतिनिधि ज्यूहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
आज मिति २०७९।०८।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा गाउँपालिका स्तरीय सार्वजनिक जग्गा संरक्षण तथा उपभोग समितिको वैठक गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा अध्यक्ष ज्यूहरु र स्थानीय राजनीतिक दल प्रमुख/प्रतिनिधि ज्यूहरुको उपस्थितिमा वसि सम्पन्न भएको छ ।
आज मिति २०७९।०७।१६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको समेत उपस्थितिमा मतदाता शिक्षा (समुदाय-घरदैलो) स्वयंसेवक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ ।
चालू आ.व. २०७९/०८० काे प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम केराबारी गाउँपालिकाको आयोजना तथा एन.आई. सि. एसिया बैंक र एन.एम.बि. बैंक केराबारी शाखाकाे सहकार्यमा केराबारी गाउँपालिका वडा नं. ४ चिउरीभञ्ज्याङ, वडा नं. ९ घंघरू र वडा नं.
आज मिति २०७९।०६।२६ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरणको कार्ययोजना निर्माणको लागि संवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम केराबारी गाउँपालिका र ओरेक नेपालको सहकार्यमा भएको थियो ।
आज मिति २०७९।०६।१४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, छैठ पर्वको पावन अवसरमा शुभकामना आदान-प्रदान र यस गाउँपालिकाबाट सरुवा भई जाने र सरुवा भई आउने कर्मचारीहरुलाई विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यूले गर्नुभएको थियो ।
आज मिति २०७९।०६।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका सम्बन्धि २ दिने क्षमता अविवृद्धि तालिम संचालन भएको पहिलो दिन । तालिम भोलिसम्म संचालन हुनेछ ।
आज मिति २०७९।०६।०८ गते देखि केराबारी गाउँपालिकाको स्थानीय पाठ्यक्रम सम्बन्धि स्रोत सामग्री विकासको लागि कार्यशाला आरम्भ भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नु भएको थियो ।
आज मिति २०७९।०६।०३ गते संविधान दिवसको उपलक्क्षमा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमम मिरिङचिङ ज्यूले केराबारी गाउँ कार्यपालिकाको कार्यालयमा झण्डोतोलन गर्नुभएको छ । साथै उक्त अवसरमा साँझ केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यू लगायत कर्मचारीहरुद्वारा दिपावली गरिएको छ ।
आज मिति २०७९।०५।२९ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यतामा " बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार " मुल नारा सहित ५८ औं राष्ट्रिय वाल दिवसको अवसरमा केराबारी गाउँपालिका क्षेत्र भित्रका माध्यमिक स्तरका विद्यालयहरु बिच वक्तृत्वकला प्रतियोगिता ( शिर्षकः हामी सबैको जिम्मेवारी, बालविवाह मुक्त केराबारी ) संचालन भएको छ । उक्त कार्यक्रममा १३ वटा विद्यालयको सहभागिता रहेको थियो भने कार्यक्रमको आयोजना केराबारी गाउँपालिका महिला तथा बालबालिका शाखाले गरेको हो ।