आज मिति २०७९।११।१९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिकाको "एक विद्यालय- एक कम्प्युटर" कार्यक्रम अन्तरगत १० ओटा विद्यालयलाई कम्युटर र प्रिन्टर प्रदान गरिएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यू समेतको उपस्थिति रहेको थियो ।
आज मिति २०७९।११।१५ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु हुदै अध्यक्ष ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत ज्यू ।
आज मिति २०७९।११।०५ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा राष्ट्रिय हातिपाइले रोग निवारण कार्यक्रम २०७९ कार्यान्वयनको लागि स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०७९।११।०३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय हातिपाइले रोग निवारण कार्यक्रम २०७९ कार्यान्वयनको लागि योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता श्री नारायण प्रसाद भुजेल ज्यू, सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु, स्वास्थ्य संस्था प्रमुख ज्यूहरु, अन्य प्रतिनिधि ज्यूहरु र विमा दर्ता सहयोगि ज्यूहरुको उपस्थिति रहेको थियो । साथै यसै अवसरमा केराबारी गाउँपालिकामा स्वास्थ्य विमा कार्यक्रम पुर्ण रुपमा लागु गर्न भावि योजनाहरुको विषयमा प्रदेश स
आज मिति २०७९।११।०३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कृषि यान्त्रीकरण कार्यक्रम अन्तर्गत मागमा आधारित ५० % लागत अनुदानमा केराबारी गाउँपालिकाका विभिन्न वडाका १० कृषकहरुलाई मिनिटेलर हस्तान्त्रण भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू तथा आर्थिक विकास समिति संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको समेत उपस्थिति रहेको थियो ।
आज मिति २०७९।१०।२७ गते वाट केराबारी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुभारम्भ भएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता केराबारी खेलकुद विकास समितिका अध्यक्ष श्री शरण थापा मगर ज्यूले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमश केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो । यो कार्यक्रम माघ २९ गते सम्म संचालन हुनेछ ।
केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको नियमितअधिवेशनल (एघारौ) आज मिति २०७९।१०।२६ गते समापन भएको छ ।
आज मिति २०७९।१०।२५ गते जिल्ला प्रशासन कर्यालय मोरङ र केराबारी गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा व्यक्तिगत घटना दर्ता तथा पञ्जिकरण सम्बन्धि १ दिवशिय अन्तरक्रिया तथा सहजिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू तथा प्रमुख आतिथ्यता मोरङ प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज भट्टराई ज्यूले गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँ सभाको नियमित अधिवेशन (एघारौँ) आज मिति २०७९।१०।२२ गते वाट शुभारम्भ भएको छ ।
आज मिति २०७९।१०।१८ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको संयोजकत्वमा गाउँपालिका स्तरिय सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सहजिकरण समितिको वैठक बसेको छ । उक्त बैठकमा समिति सह-संयोजक तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यू र अन्य पदाधिकारी ज्यूहरुको उपस्थिति रहेको थियो ।