FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९।०६।१४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, छैठ पर्वको पावन अवसरमा शुभकामना आदान-प्रदान र यस गाउँपालिकाबाट सरुवा भई जाने र सरुवा भई आउने कर्मचारीहरुलाई विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यूले गर्नुभएको थियो ।

मिति: 09/30/2022 - 12:52
, , , , , , ,

आज मिति २०७९।०६।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका सम्बन्धि २ दिने क्षमता अविवृद्धि तालिम संचालन भएको पहिलो दिन । तालिम भोलिसम्म संचालन हुनेछ ।

मिति: 09/25/2022 - 20:50
, , , , , , , , , , , ,

आज मिति २०७९।०६।०८ गते देखि केराबारी गाउँपालिकाको स्थानीय पाठ्यक्रम सम्बन्धि स्रोत सामग्री विकासको लागि कार्यशाला आरम्भ भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नु भएको थियो ।

मिति: 09/24/2022 - 21:40
, , , , ,

आज मिति २०७९।०६।०३ गते संविधान दिवसको उपलक्क्षमा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमम मिरिङचिङ ज्यूले केराबारी गाउँ कार्यपालिकाको कार्यालयमा झण्डोतोलन गर्नुभएको छ । साथै उक्त अवसरमा साँझ केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यू लगायत कर्मचारीहरुद्वारा दिपावली गरिएको छ ।

मिति: 09/19/2022 - 21:33
, , , , , ,

आज मिति २०७९।०५।२९ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यतामा " बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार " मुल नारा सहित ५८ औं राष्ट्रिय वाल दिवसको अवसरमा केराबारी गाउँपालिका क्षेत्र भित्रका माध्यमिक स्तरका विद्यालयहरु बिच वक्तृत्वकला प्रतियोगिता ( शिर्षकः हामी सबैको जिम्मेवारी, बालविवाह मुक्त केराबारी ) संचालन भएको छ । उक्त कार्यक्रममा १३ वटा विद्यालयको सहभागिता रहेको थियो भने कार्यक्रमको आयोजना केराबारी गाउँपालिका महिला तथा बालबालिका शाखाले गरेको हो ।

मिति: 09/14/2022 - 17:13
, , , , , ,

केराबारी गाउँपालिका न्यायिक समितिका संयोजक तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यतामा केराबारी गाउँ कार्यपालिकाका सम्पुर्ण सदस्य ज्यूहरु, वडा मेलमिलाप केन्द्रका संयोजक ज्यूहरु र वडा सचिवहरुको सहभागितामा १ दिवशिय न्यायिक कार्यसम्पादन प्रकृया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको सहजिकरण वरिष्ठ अधिवक्ता श्री गणेशराज लुइटेल ज्यूले गर्नुभएको थियो । कार्यक्रम संचालन मिति २०७९।०५।२२

मिति: 09/08/2022 - 16:20
, , , ,

" तिनै तहको सरकारः मानव बेचविखन विरुद्दको सरोकार " मुल नारा सहित आज मिति २०७९।०५।२० गते १६ औं मानव बेचविखन तथा ओसारपसार विरुद्दको राष्ट्रिय दिवस २०७९ (प्राभात फेरी सम्पन्न भएको छ । उक्त प्रभात फेरी पश्चात केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यतामा प्रवक्ता ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, अन्य सरोकारवाला संघ संस्थाका प्रतिनिधि ज्यूहरु, विद्यार्थिहरु, कर्मचारीहरुको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/05/2022 - 16:00
, , , , , , , , , ,

केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रत्यक्ष पहलमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , स्वास्थ्य सेवा विभागद्वारा विरामीहरुको उपचार तथा निदानमा प्रयोग हुने उपकरण Patient Moniter‍- १ थान, ECG Machine - १ थान, डिजिटल BP सेट - ५ थान, Infrared Thermometer - १० थान र Pulse Oxymeter - ५ थान उपलव्ध भएको छ । आज मिति २०७९।०५।१२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले केराबारी पालिका अस्पताललाई Patient Moniter‍ र ECG Machine हस्तान्त्रण गर्नु भएकोछ । साथै केराबारी गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाहरुलाई समेत अन्य स्वास्थ्य उपकरणहरु आवश्यक्ता अनुसार वित

मिति: 08/28/2022 - 16:43
, , , , ,

आज मिति २०७९।०४।३० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यूको उपस्थितिमा केराबारी गाउँपालिका क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय-पत्र वितरण सिविर संचालन भएको छ । उक्त शिविरमा ९ वडा निलो कार्ड तथा १ वटा सेतो कार्ड वितरण भएको थियो । साथै शिविरमा अपाङ्गता भएका व्यक्तिहरुलाई ट्राइसाइकल १ थान, ह्विलचेयर १ थान, एल स्टिक १ थान, डाइपर २ प्याकेट, वाकर १ थान र हेयरिङ एड १ थान वितरण गरिएको थियो । आज अनुपस्थित हुनु भएका अपाङ्गता भएका व्यक्तिहरुलाई वडा स्तरमा गई आवश्यक सहायक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

मिति: 08/15/2022 - 20:49
, , , , , , , , , , , , ,

आज मिति २०७९।०४।२५ गते केराबारी गाउँपालिकाको बजार अनुगमन समितले केराबारी बजार क्षेत्रका विभिन्न पसलहरुमा खाद्यान्न समाग्रीहरुको अनुगमन तथा निरिक्षण गरेको छ । म्याद गुज्रेका खाद्यान्न सामाग्रीहरुलाई सुरक्षित स्थानमा नस्ट गरिएको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन नियमित बाहेक देश भरि एकै दिन र एकै समयमा संयुक्त अनुगमन कार्य संचालन भएको हो । आगमि दिनमा नियमित रुपमा बजार अनुगमन गरिनेछ ।

मिति: 08/10/2022 - 22:49
, , , , ,

Pages