FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९।१०।२५ गते जिल्ला प्रशासन कर्यालय मोरङ र केराबारी गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा व्यक्तिगत घटना दर्ता तथा पञ्जिकरण सम्बन्धि १ दिवशिय अन्तरक्रिया तथा सहजिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू तथा प्रमुख आतिथ्यता मोरङ प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज भट्टराई ज्यूले गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मिति: 02/08/2023 - 19:49
, , , , , , ,

केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँ सभाको नियमित अधिवेशन (एघारौँ) आज मिति २०७९।१०।२२ गते वाट शुभारम्भ भएको छ ।

मिति: 02/05/2023 - 20:55
, , , , , , , ,

आज मिति २०७९।१०।१८ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको संयोजकत्वमा गाउँपालिका स्तरिय सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सहजिकरण समितिको वैठक बसेको छ । उक्त बैठकमा समिति सह-संयोजक तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यू र अन्य पदाधिकारी ज्यूहरुको उपस्थिति रहेको थियो ।

मिति: 02/01/2023 - 17:13
, , , ,

आज मिति २०७९।०९।२८ गते देखि केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री कुमार प्रसाद दाहाल ज्यूको प्रमुख आतिथ्यता, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यूहरु,अन्य कार्यपालिका सदस्य ज्यूहरु, वडा सचिव ज्यूहरुको उपस्थितिमा सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम सुभारम्भ भएको छ ।

मिति: 01/12/2023 - 18:56
, , , , , , , , ,

आज मिति २०७९।०९।२५ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिकाको ७५ % अनुदानमा विभिन्न वडाका कृषकहरुलाई ५४ थान प्लास्टिक टनेल र ८४ थान मल्चिङ प्लास्टिक वितरण भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्यू, कृषि शाखा प्रमुख ज्यू र विभिन्न वडाका कृषकहरुको उपस्थिति रहेको थियो ।

मिति: 01/09/2023 - 18:13
, , , , , , ,

आज मिति २०७९।०९।२२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा स्थानीय भूउपयोग सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, स्थानीय भूउपयोग कार्यान्वयन समिति सदस्य ज्यूहरु, कर्मचारी ज्यूहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा परामर्शदाताको तर्फवाट केराबारी गाउँपालिका वडागत रुपमा भूउपयोग योजना निर्माण सम्बन्धि प्रस्तुति रहेको थियो ।

मिति: 01/06/2023 - 17:13
, , , , , ,

आज मिति २०७९।०९।२० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशेष आतिथ्यतामा केराबारी गाउँपालिकाको आ.व. २०७९।०८०को प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्यू, सम्पुर्ण शाखा प्रमुख ज्युहरु र सम्पुर्ण वडा सचिव ज्यूहरुको उपस्थिति रहेको थियो ।

मिति: 01/04/2023 - 18:55
, , , , , , , ,

आज मिति २०७९।०९।१३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा भएको कार्यक्रममा चालु आ.व. २०७९/०८० को स्वीकृत बजेट अनुसार विभिन्न वडाका १० कृषकहरुलाई जम्मा १० थान मोटरेबल च्यापकटर ७५ प्रतिशत केराबारी गाउँपालिकको अनुदानमा वितरण भयो ।

मिति: 12/28/2022 - 21:20
, , , , , , ,

आज मिति २०७९।०९।०३ गते केराबारी सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्य समिति केराबारीको आयोजनामा खानेपानी आयोजना सम्बन्धि प्राविधिक, आर्थिक तथा सामाजिक सर्वेक्षणको कार्य केहि दिन भित्र संचालन गर्ने गरी आयोजनाका टोलि प्रमुख र जेसि विज्ञहरुसंग छलफल भयो । उक्त कार्यक्रमको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः आयोजना समितिका अध्यक्ष श्री नविन थापा मगर ज्यू, गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो ।

मिति: 12/18/2022 - 15:55
, , , , , , , , ,

आज मिति २०७९।०८।२१ गते केराबारी गाउँपालिकाको आयोजना तथा हिमशिखर टेलिभिजनको सहकार्यमा आ.व. २०७९।०८० को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको सम्पुर्ण भिडियो सामाग्री हिमशिखर टेलिभिजन र केराबारी गाउँपालिकाको यूट्युव च्यानल मार्फत यथाशिघ्र प्रशारण हुनेछ ।

मिति: 12/07/2022 - 17:33
, , , , , , , , ,

Pages

//