आज मिति २०७९।१०।२७ गते वाट केराबारी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुभारम्भ भएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता केराबारी खेलकुद विकास समितिका अध्यक्ष श्री शरण थापा मगर ज्यूले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमश केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो । यो कार्यक्रम माघ २९ गते सम्म संचालन हुनेछ ।