FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९।११।०५ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा राष्ट्रिय हातिपाइले रोग निवारण कार्यक्रम २०७९ कार्यान्वयनको लागि स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 02/17/2023 - 00:18
, , , , , , , ,

आज मिति २०७९।११।०३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय हातिपाइले रोग निवारण कार्यक्रम २०७९ कार्यान्वयनको लागि योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता श्री नारायण प्रसाद भुजेल ज्यू, सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु, स्वास्थ्य संस्था प्रमुख ज्यूहरु, अन्य प्रतिनिधि ज्यूहरु र विमा दर्ता सहयोगि ज्यूहरुको उपस्थिति रहेको थियो । साथै यसै अवसरमा केराबारी गाउँपालिकामा स्वास्थ्य विमा कार्यक्रम पुर्ण रुपमा लागु गर्न भावि योजनाहरुको विषयमा प्रदेश स

मिति: 02/15/2023 - 18:26
, , , , , , ,

आज मिति २०७९।११।०३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कृषि यान्त्रीकरण कार्यक्रम अन्तर्गत मागमा आधारित ५० % लागत अनुदानमा केराबारी गाउँपालिकाका विभिन्न वडाका १० कृषकहरुलाई मिनिटेलर हस्तान्त्रण भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू तथा आर्थिक विकास समिति संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको समेत उपस्थिति रहेको थियो ।

मिति: 02/15/2023 - 17:44
, , , , , ,

आज मिति २०७९।१०।२७ गते वाट केराबारी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुभारम्भ भएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता केराबारी खेलकुद विकास समितिका अध्यक्ष श्री शरण थापा मगर ज्यूले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमश केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो । यो कार्यक्रम माघ २९ गते सम्म संचालन हुनेछ ।

मिति: 02/10/2023 - 19:40
, , , , , , , ,

केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको नियमितअधिवेशनल (एघारौ) आज मिति २०७९।१०।२६ गते समापन भएको छ ।

मिति: 02/09/2023 - 17:55
, , , , , , ,

आज मिति २०७९।१०।२५ गते जिल्ला प्रशासन कर्यालय मोरङ र केराबारी गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा व्यक्तिगत घटना दर्ता तथा पञ्जिकरण सम्बन्धि १ दिवशिय अन्तरक्रिया तथा सहजिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू तथा प्रमुख आतिथ्यता मोरङ प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज भट्टराई ज्यूले गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मिति: 02/08/2023 - 19:49
, , , , , , ,

केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँ सभाको नियमित अधिवेशन (एघारौँ) आज मिति २०७९।१०।२२ गते वाट शुभारम्भ भएको छ ।

मिति: 02/05/2023 - 20:55
, , , , , , , ,

आज मिति २०७९।१०।१८ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको संयोजकत्वमा गाउँपालिका स्तरिय सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सहजिकरण समितिको वैठक बसेको छ । उक्त बैठकमा समिति सह-संयोजक तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यू र अन्य पदाधिकारी ज्यूहरुको उपस्थिति रहेको थियो ।

मिति: 02/01/2023 - 17:13
, , , ,

आज मिति २०७९।०९।२८ गते देखि केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री कुमार प्रसाद दाहाल ज्यूको प्रमुख आतिथ्यता, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यूहरु,अन्य कार्यपालिका सदस्य ज्यूहरु, वडा सचिव ज्यूहरुको उपस्थितिमा सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम सुभारम्भ भएको छ ।

मिति: 01/12/2023 - 18:56
, , , , , , , , ,

आज मिति २०७९।०९।२५ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिकाको ७५ % अनुदानमा विभिन्न वडाका कृषकहरुलाई ५४ थान प्लास्टिक टनेल र ८४ थान मल्चिङ प्लास्टिक वितरण भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्यू, कृषि शाखा प्रमुख ज्यू र विभिन्न वडाका कृषकहरुको उपस्थिति रहेको थियो ।

मिति: 01/09/2023 - 18:13
, , , , , , ,

Pages