आज मिति २०८० वैशाख १३ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा मापदण्ड सम्बन्धि पालिका स्तरिय अभिमुखिकरण तथा योजना तथा बजेट निर्माणमा लैङ्गिक समानता र सामाजिक समावेशिकरण ( GESI) सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष ज्यूहरु, स्वास्थ्य संस्था प्रमुख तथा सम्बन्धित शाखा प्रमुखहरुको उपस्थिति थियो ।