आज मिति २०७९।०३।०५ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यूको उपस्थितिमा केराबारी गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडाहरुवाट १८ वर्ष मुनिका २ जना कुपोषण जोखिम रहेका अपाङ्गता भएका वालवालिका र २ जना विध्यालय जाने अपाङ्गता भएका वालवालिका गरी प्रत्येक वडा वाट जम्मा ४ जना र कुल जम्मा ४० जना छनौट गरी २० जना वालवालिकालाई पोषिलो आहारा तथा सरसफाई सामाग्री र २० जना वालवालिकालाई विद्यालय भर्ना सहयोग अन्तरगत स्कुल व्याग,कपि,वलपेन वितरण गरिएको छ । आज विभिन्न कारणले उपस्थित हुन नसक्नु भएका अपाङ्गता भएका वालवालिकाहरु तथा अभिभावकहरुलाई वडा स्तरमा गई
क्षयरोग मुक्त पालिका बनाउने प्रतिवद्दता सहित केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षतामा आज मिति २०७९।०३।०१ गते हिमचिली सामुदायिक वनको सभाहलमा क्षयरोग मुक्त गराउने अभियानको रुपमा वडा स्तरिय शुक्ष्म योजना तर्जुमा कार्यक्रम संचालन भएको छ । यस योजना तर्जुमा कार्यक्रमसंगै क्षयरोग विरुद्दको लडाईमा समुदायको सशक्तिकरण विषयक वडा स्तरिय यूवाहरुसंग अभिमुखिकरण कार्यक्रम समेत प्रत्येक वडाहरुमा संचालन भईरहेको छ ।
आज मिति २०७९।०२।२६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मन माया मगर ज्यूद्वारा केराबारी गाउँपालिका ५ नं वडाका पशुपालक कृषकहरुलाई ५०% प्रतिशत उन्नत जातका ९ वटा बोयर बोका वितरण गर्नु भएको छ। साथै विभिन्न वडाका पशुपालक कृषकहरुलाई जमुनापारी बोका,पाठी साथै वर्कसायर जातका सुँगुरका पाठा/पाठि वितरण गर्ने कार्यक्रम रहेको छ।
आज मिति २०७९।०२।२३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्युको अध्यक्षता तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यू लगायत सम्पुर्ण कार्यपालिका सदस्य ज्यूहरुको उपस्थितिमा केराबारी गाउँपालिकामा
वर्तमान कृषिको अवस्था र आगामि वर्षको निति तथा कार्यक्रम सम्बन्धि अन्तरकृया कार्यक्रम आयोजना भई सम्पन्न भएको छ ।
आज मिति २०७९।०२।१९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधि ज्यूहरुको प्रथम कार्यपालिका वैठक वसेको छ । उक्त कार्यपालिका वैठकद्वारा कार्यपालिका सदस्य श्री नारायण प्रसाद भुजेल ज्यूलाइ केराबारी गाउँपालिका प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
आज मिति २०७९।०२।१६ गतेकेराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको प्रमुख आतिथ्यतामा साथै केराबारी गाउँपलिका ६ नं वडा अध्यक्ष श्री उपेन्द्र लुङ्गेली मगर ज्यूको अध्यक्षतामा गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तरगत ३ महिने आधारभुत सिलाइकटाई तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिम ६ नं वडा कार्यालयको सभाहममा संचालन भएको थियो । उक्त कार्यक्रममा ६ नं वडाका सम्पुर्ण जनप्रतिनिधि ज्यूहरुको समेत उपस्थिति रहेको थियो ।
आज मिति २०७९।०२।१६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू ले नवनिर्वाचित कार्यपालिका सदस्य ज्यूहरुलाई शपथ ग्रहण गराउनु भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमायामगर ज्यूको समेत उपस्थिति रहेको थियो । नवनिर्वाचित कार्यपालिका सदस्य ज्यूहरुमा महिला सदस्य श्री मनमाया विस्वकर्मा, श्री रेखा वि.क, श्री लिला देवि दर्जि र गंगा लिम्बु र अल्पसंख्यक वा दलित सदस्य श्री नारायण प्रसाद भुजेल र श्री लोक वहादुर विश्वकर्मा रहनु भएको छ ।
आज मिति २०७९।०२।१३ गते केराबारी गाउँपालिका क्षेत्र भित्र छनौट भएका किसानहरुलाई ५० प्रतिशत अनुदानमा १७ जना कृषकहरुलाई मिनि टेलर र १७ जना कृषकहरुलाई प्लास्टिक टनेल र मल्चिङ प्लास्टिक केराबरी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू र उपाध्यक्ष श्री मनमाया मगर ज्यूको उपस्थितिमा वितरण गरिएको छ ।
आज मिति २०७९।०२।१२ गते मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई पुनस्थापना तथा परामर्ष गर्दै आएको गैर सरकारी संस्था कोशिस नेपालसंग केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यू लगायत अन्य सरोकारवालाहरुसंग सचेतनामुलक छलफल कार्यक्रम सम्पन्न भयो । साथै उक्त संस्थाले नवनिर्वाचित अध्यक्ष ज्यू र उपाध्यक्ष ज्यूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो ।
आज मिति २०७९।०२।१२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यूको उपस्थितिमा अपाङ्गता भएका महिला वा तिनका परिवारका महिला सदस्यहरुलाई व्युटिसियन (level 1) को ५६ दिनको तालिम केराबारी गाउँपालिकाको आयोजनामा सुभारम्भ भएको छ । यस कार्यक्रमको माध्यमले अपाङ्गता भएका परीवारहरुलाई व्यवसायिक बनाउदै जिविकोपार्जनमा थप सहज बनाउने अपेक्षा लिइएको छ ।