FAQs Complain Problems

ग्यालरी

केराबारी गाउँपालिका न्यायिक समितिका संयोजक तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यतामा केराबारी गाउँ कार्यपालिकाका सम्पुर्ण सदस्य ज्यूहरु, वडा मेलमिलाप केन्द्रका संयोजक ज्यूहरु र वडा सचिवहरुको सहभागितामा १ दिवशिय न्यायिक कार्यसम्पादन प्रकृया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको सहजिकरण वरिष्ठ अधिवक्ता श्री गणेशराज लुइटेल ज्यूले गर्नुभएको थियो । कार्यक्रम संचालन मिति २०७९।०५।२२

मिति: 09/08/2022 - 16:20
, , , ,

" तिनै तहको सरकारः मानव बेचविखन विरुद्दको सरोकार " मुल नारा सहित आज मिति २०७९।०५।२० गते १६ औं मानव बेचविखन तथा ओसारपसार विरुद्दको राष्ट्रिय दिवस २०७९ (प्राभात फेरी सम्पन्न भएको छ । उक्त प्रभात फेरी पश्चात केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यतामा प्रवक्ता ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, अन्य सरोकारवाला संघ संस्थाका प्रतिनिधि ज्यूहरु, विद्यार्थिहरु, कर्मचारीहरुको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/05/2022 - 16:00
, , , , , , , , , ,

केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रत्यक्ष पहलमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , स्वास्थ्य सेवा विभागद्वारा विरामीहरुको उपचार तथा निदानमा प्रयोग हुने उपकरण Patient Moniter‍- १ थान, ECG Machine - १ थान, डिजिटल BP सेट - ५ थान, Infrared Thermometer - १० थान र Pulse Oxymeter - ५ थान उपलव्ध भएको छ । आज मिति २०७९।०५।१२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले केराबारी पालिका अस्पताललाई Patient Moniter‍ र ECG Machine हस्तान्त्रण गर्नु भएकोछ । साथै केराबारी गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाहरुलाई समेत अन्य स्वास्थ्य उपकरणहरु आवश्यक्ता अनुसार वित

मिति: 08/28/2022 - 16:43
, , , , ,

आज मिति २०७९।०४।३० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यूको उपस्थितिमा केराबारी गाउँपालिका क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय-पत्र वितरण सिविर संचालन भएको छ । उक्त शिविरमा ९ वडा निलो कार्ड तथा १ वटा सेतो कार्ड वितरण भएको थियो । साथै शिविरमा अपाङ्गता भएका व्यक्तिहरुलाई ट्राइसाइकल १ थान, ह्विलचेयर १ थान, एल स्टिक १ थान, डाइपर २ प्याकेट, वाकर १ थान र हेयरिङ एड १ थान वितरण गरिएको थियो । आज अनुपस्थित हुनु भएका अपाङ्गता भएका व्यक्तिहरुलाई वडा स्तरमा गई आवश्यक सहायक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

मिति: 08/15/2022 - 20:49
, , , , , , , , , , , , ,

आज मिति २०७९।०४।२५ गते केराबारी गाउँपालिकाको बजार अनुगमन समितले केराबारी बजार क्षेत्रका विभिन्न पसलहरुमा खाद्यान्न समाग्रीहरुको अनुगमन तथा निरिक्षण गरेको छ । म्याद गुज्रेका खाद्यान्न सामाग्रीहरुलाई सुरक्षित स्थानमा नस्ट गरिएको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन नियमित बाहेक देश भरि एकै दिन र एकै समयमा संयुक्त अनुगमन कार्य संचालन भएको हो । आगमि दिनमा नियमित रुपमा बजार अनुगमन गरिनेछ ।

मिति: 08/10/2022 - 22:49
, , , , ,

एन आई सि एसिया बैक केराबारी शाखासंगको समन्वयमा "वडा स्तरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम" को शुभारम्भ मिति २०७९/०४/२१ गते शनिबारका दिन केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्युले केराबारी गाउँपालिका १ नं. वडा कार्यालय पाटीबाट शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा उपाध्यक्ष श्री मनमायाँ मगरज्यु र प्रवक्ता श्री नारायण प्रसाद भुजेलज्युको समेत उपस्थिति रहेको थियो ।यस कार्यक्रमलाई निरन्तर रूपमा पालिकाका अन्य वडाहरूमा समेत बैक संगको समन्वयमा बिस्तार गरी नियमितता दिने प्रतिबद्दता समेत अध्यक्ष ज्युले मन्तब्यको क्रममा ब्यक्त गर्नुभएको थियो ।

मिति: 08/07/2022 - 16:15
, , , , , , , ,

आज मिति २०७९।०४।१८ गते देखी केराबारी पालिका अस्पतालमा फिजियोथेरापी सेवा तथा दैनिक OPD सेवा विहान ६ बजे देखि बेलुका ६ बजे सम्म ( १२ घण्टा) सेवा प्रवाहको शुभारम्भ भएको छ । उक्त स्वास्थ्य सेवा प्रवाहको समुद्घाटन केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्युले गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा नं ७ अध्यक्ष श्री खगेन्द्र प्रसाद निरौला ज्यू, ८ नं वडा अध्यक्ष श्री कमल कुमार बस्नेत ज्यू, १० वडा अध्यक्ष श्री पुर्ण वहादुर मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यू लगाएत सम्पुर्ण स्वास्थ्यकर्मिहरुको उपस्थितिमा गर्नु भएको थियो ।

 

मिति: 08/03/2022 - 17:17
, , ,

आज मिति २०७९।०४।१५ गते केराबारी गाउँपालिका आर्थिक विकास समितिका संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यूको विशिष्ट आतिथ्यतामा केराबारी गाउँपालिकामा क्रियाशिल सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरूका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) संचालन सम्बन्धी क्षमता अभिवृद्वी सम्बन्धि ४ दिने तालिमको समापन भएको छ ।

मिति: 07/31/2022 - 17:37
, , , , , , , , , , , , , , , , ,

आज मिति २०७९।०४।१२ गते केराबारी गाउँपालिका आर्थिक विकास समितिका संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा केरावारी गाउँपालिकामा क्रियाशिल सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरूका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) संचालन सम्बन्धी क्षमता अभिवृद्वी तालिम सुचारु भएको छ । उक्त कार्यक्रम ४ दिन सम्म केराबारी गाँउपालिकाका २२ वटा सहकारीकाे सहभागीतामा संचालन हुनेछ ।

मिति: 07/28/2022 - 16:39
, , , , , , , , ,

आज मिति २०७९।०३।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षतामा संचालन भएको गाउँसभाको दशौं अधिवेसन पहिलो वैठकमा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले आ.व. २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उक्त निति तथा कार्यक्रम सभाले स्वीकृत गरेको छ । भोलि मिति २०७९।०३।१० गते दोश्रो वैठकमा आ.व. २०७९।०८० को विनियोजन ऐन र आर्थिक ऐन प्रस्तुत हुने भएको छ ।

मिति: 06/28/2022 - 12:16
, , , , , , , ,

Pages

//