केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमया मगर ज्यूको उपस्थितिमा केराबारी गाउँपालिकामा अपाङ्गता सम्बन्धि पालिका स्तरिय संस्थाका प्रतिनिधिहरुसंग अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न । मिति २०७९।०२।११
आज मिति २०७९।०२।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू र केराबारी गाउँपालिका वडा नं १० वडा अध्यक्ष श्री पुर्ण वहादुर मगर ज्यूले संयुक्त रुपमा केराबारी पालिका अस्पतालको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । निरिक्षणको क्रममा अस्पतालका कर्मचारीहरुसंग अस्पतालमा आवश्यक उपकरण,जनशक्ति लगायतको व्यवस्थापन सम्बन्धि अन्तरकृया, निर्माणाधिन अवस्थामा रहेको १५ सैयाको अस्पतालको कार्यप्रगति सम्बन्धि जानकारी लिनुभयो । साथै ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई आधारभुत रगत परिक्षण (TC,DC,HB,SUGAR) र दिशा,पिसाव निःशुल्क परिक्षण गर्ने निर्णय
केराबारी गाउँपालिका अन्तरगतका दश वटै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय तथा वालबिकास केन्द्रहरुमा अध्ययनरत वालवालिकाहरुलाई तालिम प्राप्त स्वास्थ्यकर्मीहरुवाट विद्यालय स्तरमा गई स्वास्थ्य परिक्षण गरी शारिरिक तथा मानसिक समस्या पहिचान गर्ने र समस्या देखिएका वालवालिकाहरुलाई नि:शुल्क उपचारको दायरामा ल्याउने निर्णय केराबारी गाउँपालिका नवनिर्वाचित उपाध्यक्ष श्री मनमाया मगर ज्यूले पदभार गरे पश्चात पहिलो निर्णय गर्नुभयो । मितिः २०७९।०२।०९
आज मिति २०७९।०२।०९ गते सोमबारका दिन नवनिर्वाचित केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा नवनिर्वाचित उपाध्यक्ष श्री मनमाया मगर ज्यूद्वारा पदभार ग्रहण गर्नुभएको छ । साथै उक्त अवसरमा केराबारी गाउँपालिका वडा नं १ र २ मा बर्थिङ सेन्टर स्थापना कार्यको लागि निर्णय गर्नुभएको छ ।
केराबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूद्वारा नवनिर्वाचित उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरुलाई शपथ ग्रहण गराउनु भएकोछ । मिति २०७९।०२।०९
केराबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू , उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु, राजनितिक दल प्रमुख/प्रतिनिधि, नागरिक समाजको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय केराबारी गाउँपालिकाद्वारा सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधि ज्यूहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम । मिति २०७९।०२।०९
केराबारी गाउँपालिकामा केराबारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, राजनैतिक दल प्रमुख/प्रतिनिधि, नागरिक समाज, संचारकर्मिहरुको उपस्थितिमा आज मिति २०७८।०१।०८ गते केराबारी गाउँपालिका वडा नं ८ खदम क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
केराबारी गाउँ कार्यपालिकाको सहजिकरणमा तेश्रो पक्षद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन भई सम्पन्न भएको छ । संचालन/सम्पन्न मिति २०७८।१२।११ गते शुक्रवार
केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित वहादुर कार्की ज्यू द्वारा केराबारी गाउँपालिका ६ नं वडा कार्यालय भवन साथै सोहि वडाको स्वास्थ्य केन्द्र भवन समुद्घाटन कार्यक्रम । उक्त कार्यक्रममा जग्गा दाता, खेलाडी, टोल विकास संस्था, समितिहरुलाई समेत सम्मान गरिएको थियो । मिति २०७८।११।०९ गते