आज मिति २०८०।०४।१० गतेवाट डेङ्गु, मलेरिया, हात्तिपाइले, रेविज, कुष्ट रोग लगायतका उपेक्षित उष्णप्रदेशीय रोगहरुको विषयमा सम्पुर्ण स्वास्थ्य संस्था प्रमुख ज्यूहरुलाई क्षमता अभिवृद्दिका लागि ३ दिने आधारभूत तालिम सुभारम्भ भएको छ । साथै समुद्घाटन समारोहको अध्यक्षता केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो ।
आज मिति २०८०।०४।०५ गते केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको समन्वय तथा संवाद समुहको आयोजनामा मोरङ जिल्ला भित्र रहेका १७ पालिकाहरुका उप प्रमुख/उपाध्यक्षज्यूहरुको संवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको विशेष उपस्थिति रहेको थियो ।
आज मिति २०८०।०३।२१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण माध्यामिक तह र आधारभूत तह ( कक्षा १ देखि ८ संम्म संचालित) विद्यालयहरुलाई विद्यालय परिसर भित्र करेसावारी तथा फोहोरमैला व्यवस्थापनको लागि डस्टविन-थान २, कम्पोष्ट विन-थान १, हजारी- थान १, कुटे सानो-थान १,कोदालो-१,हसिया-थान २,खुर्पा-थान २,काँटा कोदालो- थान १, कुटे कोदालो ठुलो- थान १, झम्पल एक्सल-थान १, गार्डेन पाइप-थान १, वेल्चा-थान १ साथै आवश्यक्ताका आधारमा विभिन्न विद्यालयहरुलाई ५० थान पङ्खा हस्तान्तरण भयो ।
केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू तथा केराबारी गाउँपालिका परिवारको तर्फवाट सम्पुर्णमा असार १५ तथा धान दिवसको शुभकामना ।
केराबारी गाउँपालिकाको आयोजनामा मिति २०८०।०३।११ गते वाट मिति २०८०।०३।१४ गते सम्म केराबारी गाउँपालिका भित्र रहेका माध्यमिक तह स्तरीय १५ वटा विद्यालयहरुमा मध्यपान, धुम्रपान, लागु औषध दुर्व्यसन विरुद्दको सडक नाटक वरिष्ट हास्य कलाकार श्री दमन रुपाखेति लगायत अन्य कलाकारहरुको सहभागितामा संचालन भएको छ । सम्पुर्ण कलाकारहरुलाई आज मिति २०८०।०३।१४ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान तथा विदाइ सम्पन्न भएको छ ।
केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको १२ औं अधिवेशन आज मिति २०८०।०३।०८ गते समापन भएको छ ।
आज मिति २०८०।०३।०७ गते वाट केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको गाउँ सभाको १२ औं अधिवेशन शुभारम्भ भएको छ । उक्त सभामा आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम पेश भएको छ ।
आज मिति २०८०।०३।०६ गते क्षयरोग मुक्त पालिका अभियान अन्तरगत केराबारी गाउँपालिका क्षेत्र भित्र रहनुभएका नियमित औषधि सेवन गर्नुहुने १३ क्षयरोग बिरामीहरुलाई चामल, दाल, तेल लगायत अन्य पौष्टिक आहार वितरण गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका १० नं वडा अध्यक्ष श्री पुर्ण वहादुर मगर ज्यूले गर्नु भएको थियो ।
आज मिति २०८०।०३।०१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचीङ ज्यूको अध्यक्षतामा किटजन्य रोग ( औलो, डेङ्गु, स्क्रव टाइफस आदी) नियन्त्रण तथा रोकथामका लागि बहुनिकाय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा जनप्रतिनिधीज्यूहरु, स्वास्थ्य संस्था प्रमुखज्यू लगायतको उपस्थिति थियो । उक्त कार्यक्रम केराबारी गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय कोशी प्रदेशको सहजिकरणमा भएको थियो ।
आज मिति २०८०।०२।३२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षता तथा कोशी प्रदेश, प्रदेश सभा सदस्य माननिय श्री खड्ग वहादुर बस्नेत ज्यूको प्रमुख आतिथ्यतामा आ.व.२०८०।०८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा निवर्तमान जनप्रतिनिधि ज्यू तथा वर्तमान जनप्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो ।