आज मिति २०८०।०५।१२ गते पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजनामा युवा सशक्तिकरण र पर्यावरणमैत्री उद्यम परियोजना सम्बन्धि अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः संस्थाको उपाध्यक्ष श्री पुर्ण कुमारी मगरज्यू, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो ।
आज मिति २०८०।०५।१२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा वैदेशिक रोजगारवाट फर्किएका व्यक्तिहरुको पुनःएकिकरण परियोजना (रेमि) अन्तर्गत सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, वडा अध्यक्षज्यूहरु लगायतको उपस्थिति थियो ।
आज मिति २०८०।०४।३० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू द्वारा स्वास्थ्य शाखा प्रमुख तथा इन्जिनियर समेत लिई केराबारी पालिका अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा अस्पतालमा डेङ्गु, आँखा पाक्ने रोग समेत अन्य विरामीहरुको चाप अत्यन्त धेरै भएको पाइएकोले निशुल्क डेङ्गु परिक्षणको निरन्तरता तथा उपचार साथै विरामीहरुको व्यवस्थापनको लागि थप आवश्यक संरचनाको निर्माण गरी अझ गुणस्तरिय सेवा प्रवाहको लागि आवश्यक निर्देशन दिनुभएको छ ।
आज मिति २०८०।०४।२६ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा दादुरा, रुवेला खोप संचालन सम्बन्धि पालिका खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ ।
आज मिति २०८०।०४।१० गतेवाट डेङ्गु, मलेरिया, हात्तिपाइले, रेविज, कुष्ट रोग लगायतका उपेक्षित उष्णप्रदेशीय रोगहरुको विषयमा सम्पुर्ण स्वास्थ्य संस्था प्रमुख ज्यूहरुलाई क्षमता अभिवृद्दिका लागि ३ दिने आधारभूत तालिम सुभारम्भ भएको छ । साथै समुद्घाटन समारोहको अध्यक्षता केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो ।
आज मिति २०८०।०४।०५ गते केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको समन्वय तथा संवाद समुहको आयोजनामा मोरङ जिल्ला भित्र रहेका १७ पालिकाहरुका उप प्रमुख/उपाध्यक्षज्यूहरुको संवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको विशेष उपस्थिति रहेको थियो ।
आज मिति २०८०।०३।२१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण माध्यामिक तह र आधारभूत तह ( कक्षा १ देखि ८ संम्म संचालित) विद्यालयहरुलाई विद्यालय परिसर भित्र करेसावारी तथा फोहोरमैला व्यवस्थापनको लागि डस्टविन-थान २, कम्पोष्ट विन-थान १, हजारी- थान १, कुटे सानो-थान १,कोदालो-१,हसिया-थान २,खुर्पा-थान २,काँटा कोदालो- थान १, कुटे कोदालो ठुलो- थान १, झम्पल एक्सल-थान १, गार्डेन पाइप-थान १, वेल्चा-थान १ साथै आवश्यक्ताका आधारमा विभिन्न विद्यालयहरुलाई ५० थान पङ्खा हस्तान्तरण भयो ।
केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू तथा केराबारी गाउँपालिका परिवारको तर्फवाट सम्पुर्णमा असार १५ तथा धान दिवसको शुभकामना ।
केराबारी गाउँपालिकाको आयोजनामा मिति २०८०।०३।११ गते वाट मिति २०८०।०३।१४ गते सम्म केराबारी गाउँपालिका भित्र रहेका माध्यमिक तह स्तरीय १५ वटा विद्यालयहरुमा मध्यपान, धुम्रपान, लागु औषध दुर्व्यसन विरुद्दको सडक नाटक वरिष्ट हास्य कलाकार श्री दमन रुपाखेति लगायत अन्य कलाकारहरुको सहभागितामा संचालन भएको छ । सम्पुर्ण कलाकारहरुलाई आज मिति २०८०।०३।१४ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान तथा विदाइ सम्पन्न भएको छ ।