FAQs Complain Problems

ग्यालरी

मिति २०८०।०६।२९ गते विश्व खाद्य दिवसको अवसरमा १ दिवशिय कृषि मेला प्रदर्शनी, उत्कृष्ट कृषक तथा कृषि उद्यमी पुरस्कृत कार्यक्रम साथै केराबारी गाउँपालिका स्तरीय " केराबारी गाउँपालिकामा खाद्य सुरक्षाको अवस्था र कृषिको व्यवसायिक सम्भावना " विषयक खुल्ला बक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएकोछ ।उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका आर्थिक/ कृषि समिति संयोजक श्री प्रेम वहादुर लिम्बुज्यू, प्रमुख आतिथ्यता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र विशिष्ट आतिथ्यता केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू र कोशी प्रदेश उद्योग,कृषि तथा सहकारी मन्त्रालय खाद्य सुरक्षा त

मिति: 10/18/2023 - 17:29
, , , , ,

आज मिति २०८०।०७।०१ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत क्षयरोगको नियमित औषधी सेवन गरिरहेका ७ विरामीहरुलाई पोषणको लागि खाद्य समाग्री तथा सरसफाइ सामग्री वितरण भएको छ । खाद्य सामाग्रीमा चामल,दाल,तेल,बदाम,अण्डा, सर्वोत्तम पिठो र हाइजिन किट रहेको थियो ।

मिति: 10/18/2023 - 17:26
, ,

बजार अनुगमनको पाँचौ दिन आज मिति २०८०।०६।२६ गते केराबारी गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी गाउँपालिका वडा नं ९ भलुवा र घंघरुमा रहेका व्यवसायहरुको अनुगमन भएको छ । अनुगमनको क्रममा विभिन्न व्यवसायीहरुलाई व्यवसाय दर्ता तथा नविकरण,घरवहार कर एवं केही पसलहरुमा अखाद्य तथा म्याद गुज्रेका सामाग्री पाइएकोले सो सामाग्री जफत गर्नुका साथै सचेत गराइएको छ ।

मिति: 10/13/2023 - 14:59
, , , , , , , ,

बजार अनुगमनको चौथो दिन आज मिति २०८०।०६।२५ गते केराबारी गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी गाउँपालिका वडा नं ८ र १० बजार क्षेत्रमा व्यवसायहरुको अनुगमन भएको छ । अनुगमनको क्रममा विभिन्न व्यवसायीहरुलाई व्यवसाय दर्ता तथा नविकरण,घरवहार कर एवं सम्बन्धीत पसलहरुमा अखाद्य तथा म्याद गुज्रेका सामाग्री सम्बन्धि जानकारी तथा सचेत गराइएको छ ।

मिति: 10/12/2023 - 19:45
, ,

बजार अनुगमनको तेश्रो दिन आज मिति २०८०।०६।२४ गते केराबारी गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी गाउँपालिका वडा नं ८ र १० बजार क्षेत्रमा व्यवसायहरुको अनुगमन भएको छ । अनुगमनको क्रममा विभिन्न व्यवसायीहरुलाई व्यवसाय दर्ता तथा नविकरण,घरवहार कर एवं सम्बन्धीत पसलहरुमा अखाद्य तथा म्याद गुज्रेका सामाग्री सम्बन्धि जानकारी तथा सचेत गराइएको छ ।

मिति: 10/11/2023 - 18:45
, , ,

आज मिति २०८०।०६।२३ गते केराबारी गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समितिको संयोजक श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी गाउँपालिका वडा नं ६ र ७ मा संचालनमा रहेका कुटानी पिसानी लगायतका व्यवसायहरुको अनुगमन भएको छ । अनुगमनको क्रममा विभिन्न पसलहरुमा अखाद्य तथा म्याद गुज्रेको सामाग्री जफत गरी नष्ट गरिएको छ ।

मिति: 10/10/2023 - 19:51
, , , ,

आज मिति २०८०।०६।२३ गते केराबरी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा केराबारी गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको आ.व.२०७९।०८० को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएकोछ ।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यू, प्रवक्ताज्यू, स्वास्थ्य शाखा तथा संस्था प्रमुखज्यूहरु लगायतको उपस्थिति थियो । समिक्षा प्रतिवेदन वेवसाइट मार्फत हेर्न सकिनेछ ।

मिति: 10/10/2023 - 19:36
, , ,

आज मिति २०८०।०६।२२ गते केराबारी गाउँपालिका बजार अनुगमन समितिको संयोजक केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी बजार क्षेत्रको अनुगमन भएको छ । अनगमनको क्रममा विभिन्न पसलहरुमा अखाद्य तथा म्याद गुज्रेको सामाग्री जफत गरी नष्ट गरिएकोछ । उक्त अनुगमनमा प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यू,घरेलु तथा साना उद्योग कार्यालय प्रतिनिधिज्यू, केरबारी बजार प्रवन्ध समिति प्रतिनिधिज्यूहरु,कर्मचरीज्यूहरु,प्रहरी,नगर प्रहरी लगायतको उपस्थिति थियो । बजार अनुगमन नियमित रुपमा हुनेछ ।

मिति: 10/09/2023 - 19:14
, , , ,

आज मिति २०८०।०६।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा भएको कार्यक्रममा वैदेशिक रोजगारीवाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण (रेमी) परियोजना सम्बन्धि विषयगत छलफल बैठक सम्पन्न भएको छ।

मिति: 09/26/2023 - 17:39
, , , ,

आज मिति २०८०।०६।०४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिकावाट आफ्नो कार्यकाल पुरा गरी सरूवा भएर जानुहुने प्रमुख प्रशासकीय अधिकृत श्री विनोद भट्टराईज्यूलाई हार्दिक बिदाई तथा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीका साथ आउनुहुने श्री सुवास श्रेष्ठज्यूलाई हार्दिक स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू , वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु र कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

मिति: 09/21/2023 - 22:15
, , , , , , , , , , , , , , , , ,

Pages