आज मिति २०८०।०९।२९ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन सम्पन भएकोछ । समापन समारोहको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः राष्ट्रपति रनिङ प्रतियोगिता निर्देशक समितिका संयोजक श्री शरण थापा मगरज्यू, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो । कार्यक्रममा गाउँकार्यपालिका र गाउँ शिक्षा समितिका पदाधिकारीहरु, सामुदायिक र संस्थागत विद्यालयका प्रअ/प्रिन्सिपलहरु, शिक्षकका पेशागत संघ संगठनका पदाधिकारीहरु लगायतका महानुभावहरुको समेत उपस्थित रहेको थियो । खेलको विभिन्न विधामा विजयी विद्यार्थि खेलाडीहरुलाई पुरस्कार वितरण भएको थियो ।