आज मिति २०८०।०९।२७ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकोछ । समुदघाटन समारोहको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः राष्ट्रपति रनिङ प्रतियोगिता निर्देशक समितिका संयोजक श्री शरण थापा मगरज्यू, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो । कार्यक्रममा गाउँकार्यपालिका र गाउँ शिक्षा समितिका पदाधिकारीहरु, सामुदायिक र संस्थागत विद्यालयका प्रअ/प्रिन्सिपलहरु, शिक्षकका पेशागत संघ संगठनका पदाधिकारीहरु लगायतका महानुभावहरुको गरिमामय उपस्थित रहेको थियो । रनिङ शिल्ड प्रतियोगिता यहि पुष २९ गतेसम्म सञ्चालन हुनेंछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत आज भएको सटपुट, ज्याभलिङ थ्रो, १०० मिटर दौडमा विजयी खेलाडीलाई पुरस्कार वितरण समेत भएको थियो ।