FAQs Complain Problems

ग्यालरी

आज मिति २०८००६।०४ गते केराबारी गाउँ कार्यपालिकाको आयोजनामा नियमक निकाय, सहकारी समन्वय समिति,सहकारी संस्थाका पधादिकारीहरु साथै कर्मचारीहरु विच सहकारीका बर्तमान समस्या तथा भावि कार्यदिशाका वारेमा १ दिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रमको अध्यक्षता तथा प्रमुख आतित्यता क्रमशः केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू तथा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले गर्नु भएको थियो ।

मिति: 09/21/2023 - 21:55
, , , , ,

संविधान दिवसको अवसरमा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू, उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रवक्ता श्री नारायण भुजेलज्यू लगायत अन्यको उपस्थितिमा दिप प्रज्ज्वलन कार्यक्रम ।

मिति: 09/21/2023 - 09:08
, , , , ,

आज मिति २०८०।०६।०२ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण स्वास्थ्य संस्था प्रमुखज्यूहरुलाई काला-अजार रोग नियन्त्रण तथा उपचार सम्बन्धि अभिमुखकरण सम्पन्न भएकोछ । साथै उक्त कार्यक्रम पश्चात काला-अजारवाट संक्रमित व्यक्तिको घरपरिवार तथा वरीपरी समाजमा बस्ने व्यक्तिहरुको समेत रगतको नमुना संकलन गरी सो रोगको सर्भिलेन्स कार्य सम्पन्न भयो । उक्त कार्यक्रम केराबारी गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा विभाग, काठमाण्डौ र WHO को संयोजनमा भएको थियो ।

मिति: 09/19/2023 - 19:12
, , ,

आज मिति २०८०।०५।२७ गते बुधवार केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले संयुक्त रुपमा केाराबारी गाउँपालिका वडा नं १० मा कृषि उपज संकलन तथा भण्डारण भवनको शिलन्यास गर्नुभएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु,वडा सदस्यज्यूहरुकर्मचारीहरु लगायतको उपस्थिति थियो ।

मिति: 09/13/2023 - 18:58
, , ,

आज मिति २०८०।०५।१३ गते केराबारी गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समिति संयोजक श्री मनमाया मगरज्यूको संयोजकत्वमा संचालन भएको कार्यक्रममा निलो परिचयपत्र-१ थान , सेतो परिचयपत्र थान-१ (प्रतिलिपि ) र १ थान निलो (प्रतिलिपि) परिचयपत्र वितरण भएकोछ ।

मिति: 08/30/2023 - 18:06
, ,

आज मिति २०८०।०५।१२ गते पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजनामा युवा सशक्तिकरण र पर्यावरणमैत्री उद्यम परियोजना सम्बन्धि अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः संस्थाको उपाध्यक्ष श्री पुर्ण कुमारी मगरज्यू, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले गर्नु भएको थियो ।

मिति: 08/29/2023 - 18:12
, , ,

आज मिति २०८०।०५।१२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा वैदेशिक रोजगारवाट फर्किएका व्यक्तिहरुको पुनःएकिकरण परियोजना (रेमि) अन्तर्गत सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, वडा अध्यक्षज्यूहरु लगायतको उपस्थिति थियो ।

मिति: 08/29/2023 - 17:55
, , ,

आज मिति २०८०।०४।३० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू द्वारा स्वास्थ्य शाखा प्रमुख तथा इन्जिनियर समेत लिई केराबारी पालिका अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा अस्पतालमा डेङ्गु, आँखा पाक्ने रोग समेत अन्य विरामीहरुको चाप अत्यन्त धेरै भएको पाइएकोले निशुल्क डेङ्गु परिक्षणको निरन्तरता तथा उपचार साथै विरामीहरुको व्यवस्थापनको लागि थप आवश्यक संरचनाको निर्माण गरी अझ गुणस्तरिय सेवा प्रवाहको लागि आवश्यक निर्देशन दिनुभएको छ ।

मिति: 08/15/2023 - 16:09
, , ,

आज मिति २०८०।०४।२६ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा दादुरा, रुवेला खोप संचालन सम्बन्धि पालिका खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ ।

मिति: 08/11/2023 - 16:29
, , ,

Pages