मिति २०८०।०६।२९ गते विश्व खाद्य दिवसको अवसरमा १ दिवशिय कृषि मेला प्रदर्शनी, उत्कृष्ट कृषक तथा कृषि उद्यमी पुरस्कृत कार्यक्रम साथै केराबारी गाउँपालिका स्तरीय " केराबारी गाउँपालिकामा खाद्य सुरक्षाको अवस्था र कृषिको व्यवसायिक सम्भावना " विषयक खुल्ला बक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएकोछ ।उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका आर्थिक/ कृषि समिति संयोजक श्री प्रेम वहादुर लिम्बुज्यू, प्रमुख आतिथ्यता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू र विशिष्ट आतिथ्यता केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू र कोशी प्रदेश उद्योग,कृषि तथा सहकारी मन्त्रालय खाद्य सुरक्षा तथा अनुगमन महाशाखा प्रमुख श्री डा. दिपा दिवालीज्यूले गर्नु भएको थियो ।