बजार अनुगमनको पाँचौ दिन आज मिति २०८०।०६।२६ गते केराबारी गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी गाउँपालिका वडा नं ९ भलुवा र घंघरुमा रहेका व्यवसायहरुको अनुगमन भएको छ । अनुगमनको क्रममा विभिन्न व्यवसायीहरुलाई व्यवसाय दर्ता तथा नविकरण,घरवहार कर एवं केही पसलहरुमा अखाद्य तथा म्याद गुज्रेका सामाग्री पाइएकोले सो सामाग्री जफत गर्नुका साथै सचेत गराइएको छ ।