आज मिति २०७९।१०।२५ गते जिल्ला प्रशासन कर्यालय मोरङ र केराबारी गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा व्यक्तिगत घटना दर्ता तथा पञ्जिकरण सम्बन्धि १ दिवशिय अन्तरक्रिया तथा सहजिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू तथा प्रमुख आतिथ्यता मोरङ प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज भट्टराई ज्यूले गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।