आज मिति २०७९।१२।२४ गते केराबारी गाउँपालिकाको आयोजना, वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, के.एच.डि.सि. नेपाल, आम्दा, नेपाल क्षयरोग निवारण संस्थासंगको सहकार्यमा वृहत स्वास्थ्य शिविर संचालन भई सम्पन्न भएकोछ । शिविर समुद्घाटन समारोहको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमश केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू, राष्ट्रिय सभा सदस्त तथा संसदिय दल नेता ( नेकपा एमाले ) माननिय श्री देवेन्द्र दाहाल ज्यू, प्रदेश सभा माननिय श्री खड्ग वहादुर बस्नेत ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो ।