आज मिति २०८०।१०।१२ गतेवाट केराबारी गाउँपालिका, मच्छिन्द्र मा.वि.को प्राङ्गणमा सप्ताहव्यापी योग शिविर सुभारम्भ भएको छ । आज भएको समुद्घाटन कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिवन विज्ञान प्रतिष्ठानका संस्थापक परम श्रद्धेय योग गुरू श्री एल.पि. भानु शर्माज्यूले गर्नु भएको थियो भने विशिष्ट आतिथ्यता केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सुवास श्रेष्ठज्यूले गर्नु भएको थियो । योग शिविर मिति २०८०।१०।१९ गते सम्म विहान ५ बजे देखि ६ः३० बजे सम्म संचालन हुनेछ । कार्यक्रम केराबारी गाउँपालिकाको आयोजना तथा जेष्ठ नागरिक संरक्षक समिति केराबारीको सह-आयोजनामा भएको हो ।