आज मिति २०८२।०३।१० गते केराबारी गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षता मा " स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप तथा सरसफाई सुनिश्चितता हाम्रो प्रतिवद्धता" नारा सहित केराबारी गाउँपालिकालाई पूर्ण खोप तथा सरसफाई सुनिश्चित पालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू, सम्पुर्ण जनप्रतिनिधिज्यूहरु, कर्मचारीज्यूहरु, स्वास्थ्य संस्था प्रमुखज्यूहरु तथा स्वयंसेविकाज्यूहरुको उपस्थिति रहेको थियो ।