चालू आ.व. २०७९/०८० काे प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम केराबारी गाउँपालिकाको आयोजना तथा एन.आई. सि. एसिया बैंक र एन.एम.बि. बैंक केराबारी शाखाकाे सहकार्यमा केराबारी गाउँपालिका वडा नं. ४ चिउरीभञ्ज्याङ, वडा नं. ९ घंघरू र वडा नं. १ पाटीगाउँमा क्रमशः मिति २०७९ साल कार्तिक २, ३ र ४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू, उपाध्यक्ष श्री मनमाया मगर ज्यू र सम्बन्धित वडा अध्यक्ष ज्यूहरुबाट सामाजिक सुरक्षा भत्ता वितरण गरी शुभारम्भ गरीयाे । उक्त अवसरमा केराबारी गाउँपालिका वडा नं ९, १ र ४ मा क्रमशः २७९, १४० र ८३ जना गरी कुल जम्मा ५०२ जना लाभग्राहीहरुले आफ्नै वडावाट सेवा लिनुभएको थियो ।