आज मिति २०७९।०९।२५ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिकाको ७५ % अनुदानमा विभिन्न वडाका कृषकहरुलाई ५४ थान प्लास्टिक टनेल र ८४ थान मल्चिङ प्लास्टिक वितरण भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्यू, कृषि शाखा प्रमुख ज्यू र विभिन्न वडाका कृषकहरुको उपस्थिति रहेको थियो ।