आज मिति २०८०।०७।२४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका भित्र रहेका २७ फुटबल क्लबहरुलाई जर्सि सेट र फुटबल वितरण गरिएकोछ । साथै भलिबल, क्रिकेट क्लबहरलाई खेलजन्य सामाग्री पुनः वितरण गर्ने कार्यक्रम रहेकोछ ।उक्त अवसरमा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठज्यू, सामाजिक विकास समिति संयोजक शरण थापा मगरज्यू लगायतको उपस्थिति भएको थियो ।