आज मिति २०८०।११।२७ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला हक अधिकार सम्बन्धी १ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजिकरण अधिवक्ता श्री सञ्जु कुमारी शाहज्यूले गर्नु भएको थियो । कार्यक्रममा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतज्यू, जनप्रतिनिधिज्यूहरु, विभिन्न संघ संस्थामा आवद्व महिला महानुभावहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो । साथै आज तय गरिएको महिला उद्यमि सम्मान कार्यक्रम प्राविधिक कारणवस अर्को सूचना प्रकाशित गरी पुन संचालन हुनेछ ।