आज मिति २०८१।०३।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको १४ औं अधिवेशनमा आ.व. २०८१।०८२ को नीति तथा कार्यक्रम सभामा पेश भएको छ । नीति तथा कार्यक्रम केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूले प्रस्तुत गर्नु भएको थियो । सभाको समुद्घाटन समारोहको प्रमुख आतिथ्यता कोशी प्रदेश माननीय श्री खड्ग वहादुर बस्नेतज्यूले गर्नु भएको थियो ।