आज मिति २०८२।०३।०३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा भएको कार्यक्रममा आ.व.२०८२।०८३ को नीति, वजेट तथा कार्यक्रमको सन्दर्भमा राय परामर्शका लागि केराबारी गाउँपालिका भित्र रहेका खानेपानी, वन, सिंचाई, अन्य संघ, संस्था, समितिहरुका पदाधिकारी/प्रतिनिधिज्यूहरु लगायत अन्य सरोकारवालाहरुसंग छलफल सम्पन्न भएको छ । उक्त छलफलमा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, , प्रवक्ता श्री नारायण प्रसाद भुजेलज्यू लगायत सम्बन्धित कर्मचारी ज्यूहरुको उपस्थिति रहेको थियो ।