आज मिति २०८२।०४।१९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा आ.व. २०८१।०८२ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु , विषयगत शाखा प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु,स्वास्थ्य संस्था प्रमुखज्यूहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा क्रमशः स्वास्थ्य संस्था प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु र विषयगत शाखा प्रमुखज्यूहरुले आफ्नो संस्था, वडा तथा शाखाको आ.व. २०८१।०८२ को वार्षिक प्रगति प्रस्तुति गर्नु भएको थियो ।