आज मिति २०८२।०९।०९ गते नेपाल सरकारका माननीय अर्थ , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री रामेश्वरप्रसाद खनालज्यूको प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू अध्यक्षतामा भएको औपचारिक कार्यक्रमवाट साविक करदाता सेवा कार्यालयवाट प्रदान हुदै आएका सेवा केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयवाट प्रवाह गर्ने कार्यको शुभारम्भ भएको छ । उक्त कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव (राजश्व) श्री भूपाल बरालज्यू,सहसचिव श्री उत्तर कुमार श्रेष्ठज्यू लागायत सम्बन्धित मन्त्रालय, कार्यालयका पदाधिकारीज्यूहरु, कर्मचारीज्यूहरु, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू, जनप्रतिनिधीज्यूहरु, राजनीतिक दलका स्थानीय पदाधिकारीज्यूहरु, आम नागरिकहरु विद्यार्थिज्यूहरुको उपस्थिति रहेको थियो ।












