आज मिति २०८२।११।१७ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको विशिष्ट आतिथ्यतामा १ महिने हलुका सवारी चालक ड्राइभिङ तालिमको समापन तथा सवारी चालक अनुमति-पत्र वितरण सम्पन्न भएको छ । १०९ जनाले ड्राइभिङ प्रशिक्षण तालिम प्राप्त गर्नु भएको छ भने ८८ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गर्नु भएको छ । यस तालिम केराबारी गाउँपालिकाको आर्थिक सहयोग तथा दुर्गा ड्राइभिङ सेन्टर सुन्दरहरैचाको प्राविधिक सहयोगमा संचालन भएको हो ।




