आज मिति २०७९।०२।२६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मन माया मगर ज्यूद्वारा केराबारी गाउँपालिका ५ नं वडाका पशुपालक कृषकहरुलाई ५०% प्रतिशत उन्नत जातका ९ वटा बोयर बोका वितरण गर्नु भएको छ। साथै विभिन्न वडाका पशुपालक कृषकहरुलाई जमुनापारी बोका,पाठी साथै वर्कसायर जातका सुँगुरका पाठा/पाठि वितरण गर्ने कार्यक्रम रहेको छ।